चितवनमा प्रेस सेन्टरको चौथो महाधिवेसन सुरु

  • १८ मंसिर २०७८, शनिबार
  • 721 पटक पढिएको

चितवन १८ मंसिर  । नेकपा माओवादी केन्द्र निकट श्रमजिवी पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेसन सुरु भएको छ ।

चितवनमा आजबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास समेत जारी छ। सम्मेलनमा देशभरवाट करिव एक हजार प्रतिनिधिको सतभागीता रहेको छ ।