माओवादी केन्द्र रघुगंगा ४ को अध्यक्षमा पुन चयन

  • ९ मंसिर २०७८, बिहीबार
  • 910 पटक पढिएको

म्याग्दी ९ मंसीर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को रघुगंगा गाउँपालिका वडा नं ४ मा सम्पन्न वडा अधिवेशनबाट अध्यक्षमा विप्रसाद पुन सर्वसम्मत निवार्चित हुनुभएको छ ।  कमिटीको उपाध्यक्षमा राजकृुमार शेरपुञ्जा, सचिवमा यामबहादुर विक, कोषाध्यक्षमा पूर्णकुमारी वि.क चयन हुनु भएको छ । त्यसैगरी कमीटीको सदस्य हरुमा गोविन गर्बुजा लगायत १९ सदस्य रहनु भएको छ । माओवादी केन्द्र ले रघुगंगा को १,२,३,५,६ नम्वर वडामा यस अघि नै वडा अधिवेशन सम्पन्न भैसकेका छन् ।