म्याग्दीका पाँच नेता एमालेको केन्द्रिय सदस्य पदमा आकांक्षी

  • ९ मंसिर २०७८, बिहीबार
  • 670 पटक पढिएको

म्याग्दी ९ मंसीर । म्याग्दीका पाँच जना नेताले नेकपा एमालेको चितवनमा हुन लागेको १० औ राष्ट्रिय महाधिबेशनबाट चयन हुने केन्द्रिय कमिटीमा आकाक्षी देखिनुभएको छ ।

वर्तमान स्थायी कमिटी सदस्य थममाया थापा, प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश कमिटीको सचिवालय सदस्य नवराज शर्मा, नरदेबी पुन र जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ केन्द्रिय कमिटीमा आंकाक्षी देखिनुभएको हो ।

सबै नेताहरु तत्कालीन नेकपा र अहिलेको एमालेमा अध्यक्ष ओली निकट मानिनुहुन्छ । एमाले म्याग्दीका सचिब बालकृष्ण सुबेदीले थापाद्धय, शर्मा पुन र श्रेष्ठ केन्द्रिय कमिटीमा आकांक्षी देखिनुभएको बताउनुभयो ।

थापाद्धय प्रतिनिधीसभा सदस्य हुनुहुन्छ । शर्मा र पुन संबिधानसभाका सदस्य हुनुहुन्छ । पुन गण्डकी प्रदेशसभाको सांसद पनि हुनुहुन्छ । श्रेष्ठ जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

शुक्रबार देखि चितवनमा हुने महाधिबेशनमा भाग लिन म्याग्दीबाट पनि नेता कार्यकर्ताहरु गाडी रिजर्भ गरेर गएका छन् ।