७ बर्षीय बालिका बलात्कृत

  • ५ मंसिर २०७८, आईतवार
  • 664 पटक पढिएको

 

म्याग्दी, ५ मंसिर । ७ बर्षीय बालिकालाई बलात्कृत गर्ने जिल्लाको मंगला गाउँपालीका ५ का ४७ बर्षिय थम बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । फिल्म हेर्न जाम भनी ललाई फकाइ गरेर बिकले गत कार्तिक १८ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको उजुरी अनुसार पक्राउ गरेको हो ।

उजुरी लगत्तै इलाका प्रहरी कार्यालय दरवाङको प्रहरी टोलीले घटनास्थल पुगेर बिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक बिरेन्द्र राज गुरुङले जानकारी दिए ।

बिक उपर जबरजस्ती करणीमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको गुरुङले जानकारी दिए । मुलुकी अपराध संहिता २०७४ अनुसार दस बर्ष भन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेमा जन्म कैदको सजाय हुने कानुनी ब्यबस्था रहेको छ ।