कांग्रेस म्याग्दीकाे जिल्ला कार्यसमितिको कोषाध्यक्षमा अमृतमान शेरचन चयन

  • ५ मंसिर २०७८, आईतवार
  • 478 पटक पढिएको

म्याग्दी ५ मंसिर ५। कांग्रेस म्याग्दीस् जिल्ला कार्यसमितिको कोषाध्यक्षमा अमृतमान शेरचन चयन हुनुभएकाे छ । सातौं अधिवेशनबाट निर्वाचित नेपाली काँग्रेस म्याग्दीको पहिलो पुर्ण बैठकले कोषाध्यक्ष सहित विभिन्न निर्णय गरेको छ । नवनिर्वाचित सभापति खमबहादुर गर्बुजाको अध्यक्षतामा बसेको पहिलो पुर्ण बैठकले जिल्ला अधिवेसनबाट निर्वाचित जिल्ला कार्यसमिति सदस्यमा लोकप्रिय मत ४ सय ५४ मत लिएका जिल्ला सदस्य अमृतमान शेरचनलाई जिल्ला कोषाध्यक्षमा मनोनित गरिएको सचिव भरत रकालले जानकारी दिनुभयाे ।

जिल्ला कार्यसमिति सदस्य सहित अन्य मनोनित गरिने पदहरूमा थप छलफल गरी अर्को बैठकबाट गरिने छ । उनका अनुसार बैठकले अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत पार्टीभित्रका जनबर्गिय संगठन, शुभचिन्तक लगायतलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकले पार्टीको जिल्ला अधिवेशनका क्रममा विभिन्न पदमा पराजित भएकाहरुलाई समेत पार्टीमा हुने सक्रियतामा कुनै कमी हुन नदिने,प्राविधिक रुपले छुट्न गएका तर पार्टी संगठनलाई आवश्यक साथै लामो समयदेखि कांग्रेसमा रहेर पार्टी संगठन विस्तारमा क्रियाशिल रहेकासँग सल्लाह गरेर जिम्मेबारी दिने सभापति गर्बुजाले बताउनभुएकाे थियाे ।