नेपाली कांंग्रेसमा निर्वाचित नयाँ टिमको सपथ ग्रहण

  • ४ मंसिर २०७८, शनिबार
  • 1310 पटक पढिएको

म्याग्दी, ४ मंसिर ।नेपाली काग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्बाचित खमबहादुर गर्बुजा (खम्बिर)ले नेतृत्वमा रहेको नया कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण भएको छ। जिल्ला समन्वय समितिको सभाहलमा नयाँ निर्वाचित जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिलाई निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले सपथ ग्रहण गराएका हुन् ।

सहमति नभएका पदमा मतदानको प्रक्रियाबाट चुनिएपनि आन्तरिक एकतामा कुनै असर नगरेको भन्दै निर्वाचनमा सहभागी भएकालाई आफ्नो क्षमता अनुसारको उचित जिम्मेबारीका लागी सधै तयार रहेको बताए । शनिबार पद तथा गोपनियताको सपथ लिदै सभापति गर्बुजाले पार्टीका अग्रजहरुको सम्मान तथा सुझावमा आगामी कार्यकाललाई समेत सफल बनाउने बताए । उनले चुनाबलाई लक्षित गरी चोक, चियापसलमा पार्टीभित्रका गतिविधिका बारेमा नेताकार्यकर्ताले अनावश्यक बहस नगर्न आग्रह गरे ।

मतदानबाट कार्यसमितिको उपसभापतिमा हरिकुमार श्रेष्ठ र कणर्बहादुर भण्डारी (केबी), सचिबमा हिराबहादुर पुन र भरत रकाल, सहसचिबमा श्रीराम पौडेल र धु्रुबराज कार्की निर्वाचित भएको निर्बाचन सहायक अधिकृत प्रकाश सुबेदीले बताए ।
अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यहरूमा मनकुमारी तुलाचन, रुद्रप्रसाद शर्मा, लिलाबहादुर बानियाँ, अमृता भण्डारी, मनबहादुर शेरपुञ्जा, पुष्पा बानियाँ बरुवाल, गमबहादुर फगामी पुन, मनरुपा पुन, चमु पुन, युगकुमारी सेन, पुस्करबहादुर पुन, रामदेबी पुन, काजीमान रोका, लक्ष्मीकुमारी केसी, सम्मरबहादुर थापा, तुलसीदेबी पुर्जा, ललिता तिलिजा, पुणर्बहादुर तिलिजा पुन, बिलबहादुर फगामी, सम्झना परियार, बालकुमार लामिछाने र अमृतमान शेरचन रहेका छन् ।

महाधिबेशन प्रतिनिधीमा चिरञ्जबी शर्मा, जिबनकुमार मल्ल, धनबहादुर छन्त्याल, बिक्रम बोगटी, नेत्रबहादुर महत, रेशमबहादुर बानियाँ, मुकुन छन्त्याल, रेशमबहादुर बानिया, बिपिन खड्का, शिब केसी, श्रीप्रसाद रोका, चित्रबहादुर केसी, बलभद्र ढकाल, ओमकुमारी फगामी, पुनमकुमारी खोरजा, बिमला गौचन, खिमकुमारी पुर्जा, देबीकुमारी बुढा, धनकुमारी थापा, दिपेन्द्र श्रेष्ठ, बमबहादुर पुन र भिमबहादुर रोका, मनकुमारी बिक, यामबहादुर हर्मेल, अन्जित खान र सुरेन्द्र खत्री चयन भएका छन् ।