गण्डकी प्रदेशमा माओवादी केन्द्रको सदस्य संख्या ६४ हजार दुई सय

  • २७ कार्तिक २०७८, शनिबार
  • 839 पटक पढिएको

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका सदस्य संख्या ६४ हजार दुई सय पुगेको छ । प्रदेश कमिटी अध्यक्ष हरिराज अधिकारीका अनुसार शुक्रबार दिउँसोसम्म सदस्यता लिनेको संख्या ६४ हजार दुई सय पुगेको हो ।

माओवादी केन्द्रले अनलाइनमार्फत सदस्यताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । पछिल्लो दिनमा सिस्टममा आएको समस्याले गर्दा आवेदनको पूर्ण विवरण संकलन भइनसकेको प्रदेश अध्यक्ष अधिकारीले जानकारी दिए । अन्तिम विवरण आउँदा सदस्यता संख्या बढ्न सक्ने उनको भनाइ छ ।

सर्वोच्च अदालतको आदेशअनुसार तत्कालीन नेकपा खारेज भएर नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि संगठन विस्तार तथा सदस्यता वितरणमार्फत संगठनलाई सुदृढ बनाउन लागेको उनले बताए