पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • २७ कार्तिक २०७८, शनिबार
  • 1150 पटक पढिएको

 

मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।


शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर मंगोल अर्गनाईजेशनका प्रदेश सभा सदस्य रनबहादुर फगामी, म्याग्दीका अध्यक्ष डिके पुन, कोषाध्यक्ष दीपक पुन लगायतले जिल्ला प्रशासन कार्यालयमार्फत मूल्यविरुद्ध तुरुन्त खारेज गर्न प्रधानमन्त्रीलाइ अपिल गर्दै ज्ञापन पत्र पठाएका हुन् ।

तत्काल मूल्यवृद्धिको निणर्य फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी अध्यक्ष डिके मल्लले दिएका छन् । नेपाल आयल निगमले १२ दिनको अन्तरालमा पेट्रोल डिजेल र मट्टितेलको ३ रुपैयाँको दरले हवाई इन्धनको ५ रुपैयाँ र एलपी ग्यासको ७५ रुपैयाँ दरले गरेको मूल्य बृद्धि तत्काल फिर्ता गर्न सरकार समक्ष माग गरेको छन ।

पेट्रोलियम पदार्थसंगै अन्य क्षेत्रको मूल्य बढाउनाले जनतामा प्रत्यक्ष असर गरेको हुदाँ तत्काल फिर्ता गरेर जनप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह समेत ज्ञापन पत्र मार्फत गरेको छ। जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गर्दै आएको देखिन्छ ।