सिंगामा व्यावसायिक रुपमा सयपत्री फुलको खेती (तस्बिर र भिडियो सहित)

  • १८ कार्तिक २०७८, बिहीबार
  • 1733 पटक पढिएको

म्याग्दी १८ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ । तिहार पर्वलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक रुपमा सयपत्री फूल उत्पादन गरेको हो । आँगेबगर र सिङ्गामा दुई÷दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली ग्रुप प्रालिका सञ्चालक शेरबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बगैचामै पुगेर तिहारलाई लक्षित गरि फुल खरिद गर्नेहरुको भिड लागेको छ । यहाँ सयपत्री फुललाई प्रतिकिलो रु ३ सयमा विक्रि गर्ने गरिएको छ ।

हरियालीले विगत तीन वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको छ । यसवर्ष धेरै समय टिक्ने स्थानीय सयपत्री जातको बिरुवा लगाएका छन् । उत्पादन र बिक्री राम्रो भएको जनाइएको छ । अघिल्ला वर्षमा एकदेखि डेढलाख मूल्य बराबरको फूल बेचेको फार्मले यसपाली अझ बढी बिक्री हुने अनुमान गरेको छ ।

तिहारमा दिदीबहिनीहरुले दाईभाइलाई टिका संगै माला लगाउने चलन छ । खासगरि पूजाआजा र माला बनाउन फूलको प्रयोग हुन्छ । अन्य समय पूजाआजाका साथै सभा समारोह आयोजना गर्दा. पनि अतिथिलाई स्वागत गर्न माला लगाईदिँदा फूल आवश्यक पर्छ । सिंगाको फुलखेतीको बारीमा तस्बिर खिचाउन जानेहरु समेत बढेका छन् ।