एमाले बेनी नगर कमिटीको नयाँ नेतृत्वलाई सपथ ग्रहण

  • ११ कार्तिक २०७८, बिहीबार
  • 680 पटक पढिएको

म्याग्दी ११ कात्तिक । नेकपा एमाले म्याग्दीको बेनी नगर कमिटिको सर्वसम्मत रुपमा चयन भएको नयाँ नेतृत्वलाई सपथ ग्रहण गराईएको छ । बुधबार सम्पन्न भएको प्रथम नगर अधिवेशनबाट अध्यक्ष नारायण जिसी, उपाध्यक्ष लिलाराम गौतम, सचिव सुवास बिश्वकर्मा, उपसचिव हिरा बहादुर थापा, लक्ष्मण कटुवाल लगाएत ७५ सदस्यीय नगर कमिटीलाई विहिवार सपथ ग्रहण गराईएको थियो ।


बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रममा निर्बाचन मण्डलका संयोजक राम प्रसाद सुवेदीले नवनिर्वाचित कमिटीको नामावलि औपचारिक रुपमा घोषणा गरेपछि नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।


सपथ ग्रहण पछि नव निर्बाचित नगर कमिटी अध्यक्ष जिसीले बेनी नगरमा एमालेको नेतृत्वलाई बलियो र सशक्त बनाउनको लागी आफ्नो भूमिका रहने बताउनुभयो । सेवामुलक गतिविधिलाई अगाडि बढाउने, युवालाई स्वरोजगार बन्न जागरुक बनाउने, नगरपालिका भित्र पार्टीको संगठित सदस्यता बृद्धि गराउने, वडा कमिटि तथा भातृ संगठनलाई सक्रिय बनाई पार्टीलाई शक्तिशाली बनाउने, बिपतमा सहयोगी भूमिका निभाउने, तथा जिल्लाका नेता, अन्य पालिका कमिटि तथा बिपक्षी दलका समकक्षीहरु संग पनि आबश्यक समन्वय र सहकार्य गर्दै समाज परिवर्तनका लागि रचनात्मक काम गर्ने योजना बनाएको अध्यक्ष जिसीले बताउनुभयो ।


कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य नवराज शर्मा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष देबेन्द्र कटुवाल, सचिव बालकृष्ण सुबेदीले नयाँ कमिटिलाई बधाई दिदै बेनी नगर, पार्टी हाँक्ने मुख्य नेतृत्व भएकाले रचनात्मक कार्य गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रम अध्यक्ष मण्डलका सदस्य एवं बेनी नगर कमिटिका निबर्तमान संयोजक प्रमोद श्रेष्ठको अध्यक्षता र जिल्ला कमिटिका सचिवालय सदस्य सन्तोष रावलको संचालनमा सम्पन्न भएको थियो ।