एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्वाचित

  • १० कार्तिक २०७८, बुधबार
  • 532 पटक पढिएको

म्याग्दी १० कात्तिक । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलवारदेखि बेनीमा सुरु भएको प्रथम नगर अधिवेशनबाट सर्वसम्मत रुपमा जिसीको अध्यक्षतामा ८३ सदस्यीय नगर कमिटी चयन गरिएको हो ।

अधिबेशनबाट उपाध्यक्षमा लिलाराम गौतम, सचिबमा सुवास विश्वकर्मा, उपसचिबमा लक्ष्मण कटुवाल र हिरा बहादुर थापा चयन भएको एमाले म्याग्दीका सचिब बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । नगर कमिटीको अध्यक्षमा जिसी, चन्द्रकुमार केसी र राजकुमार थापाले दावि पेश गर्नुभएको थियो ।

अध्यक्ष पदका आकाँक्षी थापाले बुधवार दिउँसो सहमतीमा नेतृत्व चयनको लागी मार्ग प्रसस्त गर्दै अध्यक्ष पदको आकाँक्षाबाट पछि हडेपछि दिनभर एमाले म्याग्दीको नेतृत्वले अध्यक्षका दावेदार जिसी र केसीबिचमा सहमतीको प्रयास गरेका थिए ।

अन्नत केसीले समेत जिसीलाई नै समर्थन गरेपछि जिसीलाई सर्वसम्मत रुपमा नगर अध्यक्ष बन्ने बाटो खुलेको थियो । नेकपा एमालेको पालिका अधिवेशनबाट धवलागिरिमा होम बहादुर थापा, मालिकामा बेगप्रसाद गर्वुजा, मंगलामा सतप्रसाद रोका र रघुगंगामा प्रेमबहादुर कार्की (दिपक) पालिका कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ भने अन्नपूर्ण गाउँपालिकाको अधिवेशन केहि दिन पछि थकेलिएको छ ।