बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीमाथि दुव्र्यवहार

  • २४ आश्विन २०७८, आईतवार
  • 1229 पटक पढिएको

म्याग्दी २४ असोज । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीलाई आइतबार एक समूहले कार्यकक्षमै दुव्र्यवहार गरेका छन् । दिउँसो करिब साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका चार जनाको समुहले प्रशासकीय अधिकृत सुवेदीलाई कालो झोलिलो पदार्थ प्रहार गरि दुव्र्यवहार गरेका हुन् ।


भmोलाबाट डब्बामा ल्याएको मोबिल जस्तो देखिने कालो झोलिलो पदार्थ सुवेदीलाई छ्यापेर भाग्दै गर्दा उक्त घटनामा संलग्न मुगुका १८ वर्षीय बिजय बिकलाई प्रत्यक्षदर्शी जनप्रतिनीधि र कर्मचारीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पक्राउ परेका विकको साथमा रहेको झोलामा नेत्रबिक्रम चन्द् नेतृत्वको (नेकपा) निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद र उनले लगाएको पाइन्टको खल्तीमा ढुंगा समेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद भएको सामाग्री र पक्राउ परेका व्यक्तिबाट थप अनुसंधान प्रकृया अघि बढाईएको र घटनामा संलग्न अन्यको खोजीकार्य भैरहेको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताउनुभयो । ‘‘अनुसंधान प्रकृया अघि बढेको छ, जाहेरी दर्ता भएपछि थप कानुनी उपचारको काम सुरु हुन्छ, अहिले फरार भएका संलग्न थप व्यक्तिहरुको खोजीमा प्रहरी परिचालन गरेका छौँ’’–उहाँले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको र केहि जनप्रतिनिधि समेत कार्यकक्षमै भएको समयमा उक्त समुहले सुवेदीमाथि दुव्र्यवहार गरेको जनाइएको छ । समूहले छ्यापेको कालो पदार्थ सुवेदीको शरीर, उहाँ बस्नुभएको कुर्चि, टेबुल र भवनको भित्तामा समेत लागेको थियो । कार्यालयको सेवा प्रवाह गरिरहेकै समयमा आफुमाथि छापामार शैलिमा दुव्र्यवहार भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

‘‘केही समयदेखि निरन्तर चन्दाको लागि दबाब दिइरहेका थिए, मैले कुनै समूहलाई सरकारी रकम दुरुपयोग गरि चन्दा दिने कुरा भएन, जनताको करलाई चन्दामा बाँड्ने अधिकार मलाई हुने कुरै भएन, कार्यालयमा प्रवेश गरि आज सिधै आक्रमण शैलिमा दुव्र्यवहार गरे’’–उहाँले भन्नुभयो । घटनाको भने अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको छैन । यसैबिच प्रमुख प्रशासकीय अधिकृत माथि भएको दुव्र्यवहारको घटनाप्रति नगरपालिकाले गम्भिर ध्यानाकर्षण जनाएको छ ।

नगरप्रमुख हरिकुमार श्रेष्ठद्धारा विज्ञप्ती प्रकाशित गरि घटनामा संलग्नलाई कारबाहीको माग गरिएको छ । ‘‘संलग्नको साथबाट युवा संगठन नेपाल नामको सहयोग रसिद बरामद हुनुले सो समूहले अन्य धेरै संघसंस्थालाई समेत चन्दा माग गरेको देखिन्छ, उनीहरुले केहि समयदेखि नगरपालिकालाई पनि चन्दा माग्दै आएको प्रमुख प्रशासकीय अधिकृले विभिन्न बैठकहरुमा जानकारी गराउँदै आउनुभएको थियो, अवैधानिक ढंगले चन्दा दिन नसकिने भन्दै उहाँले निरन्तर प्रतिवाद गरेकै कारण नियोजित ढंगले घटना घटाईएको हाम्रो बुझाई छ ’’– विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीम चन्दा आतंक र धरपकडले सुरक्षा चुनौती थपेको भन्दै फरार रहेका तीन जनालाई अबिलम्ब खोजी गरि आबश्यक अनुसंधान सहित कडा भन्दा कडा कारबाहीको माग गरिएको छ ।