मोना जापानद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

  • १२ आश्विन २०७८, मंगलवार
  • 941 पटक पढिएको

म्याग्दी, १२ असोज । म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) जापानले बेनीका आगलागी पीडित व्यवसायी प्रमोद शर्मा र जगन्नाथ शर्मा लाई आर्थिक सहयोग गरेको छ । सोमबार मोनाको बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दुबैजनालाई रु ३५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो । सो रकम मोना हङकङका पुर्व अध्यक्ष एबँ मोना अन्तराष्ट्रिय कार्य समितिका सदस्य दल शेर्पुन्जा र मोना जापानका पुर्व सदस्य झलक खत्रीले शर्माद्धयलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै शेर्पुन्जाले म्याग्देलीहरु मनकारी भएकाले हरेक बिपतका बेला सहयोग गर्दै आएको बताउनुभयो । मोना जापानले गरेको यो कार्य प्रशंसनीय भएको भन्दै आगामी दिनमा पनि सामाजिक सेवामा सक्रिय हुन अनुरोध गर्नुभयो । त्यस्तै मोना जापानका पुर्व सदस्य झलक खत्रीले आगलागीबाट लाखौँको क्षति व्यहोरेका ब्यबसायीलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले जापानमा रकम संकलन गरि सहयोग गरिएको बताउनुभयो । त्यहाँ रहेका म्याग्देलीहरु बिच उक्त रकम संकलनमा मोना जापानका महासचिव गणेश श्रेष्ठको बिषेश भुमिका रहेको खत्रीले बताउनुभयो । सोहि कार्यक्रममा अन्तराष्ट्रिय कार्य समिति सदस्य शेर्पुन्जाले पनि रु २ हजारका दरले सहयोग प्रदान गर्नुभएको थियो ।

गत साउन २५ गते राति भएको आगलागीबाट बेनीको न्युरोडमा प्रमोद शर्माले संचालन गरेको रघुगंगा डेरी र जगन्नाथ शर्माले संचालन गरेको नतिजा किराना स्टोर्स जलेर पुर्ण रुपमा क्षेती भएको थियो । हाल नतिजा किराना स्टोर्स न्युरोडबाटै संचालन सुरु भएको छ भने रघुगंगा डेरी पसल सोहि स्थानमा छिट्टैनै संचालनमा ल्याइने संचालक शर्माले बताउनुभयो । बिपतको बेला महत्वपूर्ण सहयोग गरेकोमा व्यवसायीद्वयले मोना जापानलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।