नेपाली काँग्रेस बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु (तस्बिर सहित)

  • १० आश्विन २०७८, आईतवार
  • 708 पटक पढिएको

म्याग्दी १० असोज । नेपाली काँग्रेसको बेनी नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि दुई समूहबिच प्यानल उम्मेदवारहरु चुनाबी प्रतिस्पर्धामा छन् । आइतबार विहान साढे ११ बजेबाट बेनीको जिल्ला समन्वय समितिको सभाहलमा मतदान सुरु गरिएको छ । सभापतिका प्रत्यासी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गरेका छन् । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि सभापति सहित पदाधिकारीमा मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो ।


बोगटीको प्यानलबाट उपसभापतिमा हरिप्रसाद पौडेल र मनकाजी घिमिरे सचिवमा रणबहादुर शाही र ज्ञानेन्द्रकुमार श्रेष्ठ सहसचिवमा शान्ति शर्मा र स्यानीमाया कार्की उम्मेदवार हुनुहुन्छ । कार्की प्यानलका तर्फबाट उपसभापतिमा मनोज कार्की,गंगाबहादुर खत्री,सचिवमा झलक जिसी,संगिता श्रेष्ठ र सहसचिवमा विन्दु खत्री र संगमकुमार विश्वकर्मा हुनुहुन्छ । बोगटीको समूहलाई रेशम बानियाँ र कार्कीको प्यानललाई खमवीर गर्वुजा पक्षको समर्थन रहेको छ । एकसय ७१ जना मतदाता रहेका छन् । दिउसो ३ बजे सम्म मतदान हुने कार्यक्रम तय गरिएको छ ।