गिठीनीमा माओवादी केन्द्रको टोल कमिटी गठन

  • १० आश्विन २०७८, आईतवार
  • 556 पटक पढिएको

म्याग्दी, १० असोज । बेनी नगरपालिका-९ स्थित गिठीनीमा शनिबार नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन गरिएको छ । राजेन्द्र खत्रीको अध्यक्षतामा माओवादी केन्द्रको १३ सदस्यीय टोल कमिटी गठन गरिएको बाईसिएल म्याग्दीका संयोजक सन्दिप खत्रीले जानकारी दिए ।

 

माओवादीको टोल कमिटीको सचिबमा मनप्रसाद विश्वकर्मा रहेका छन भने सदस्यहरुमा गणेश सापकोटा, डेकबहादुर चोखाल, रामबहादुर विक लगायत रहेको छन् । टोल कमिटी कार्यक्रममा बाइसिएल म्याग्दीका संयोजक खत्रीको उपस्थित रहेको थियो । म्याग्दीमा माओबादी केन्द्रले स्थानीय तहको वडासंगै टोलटोलमा कमिटी विस्तारलाई तिव्रता दिएको छ ।