कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री

  • ९ आश्विन २०७८, शनिबार
  • 676 पटक पढिएको

म्याग्दी, ९ असोज । नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री चयन भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार भएको पालिका अधिबेशनले खत्रीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।


गाउँपालिकाको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र विरेन्द बुढाथोकी, सह-सचिवमा नेत्रराज सुवेदी र विमल सुनार चयन भएका छन् ।