काँंग्रेस अन्नपुणर् गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी

  • ९ आश्विन २०७८, शनिबार
  • 676 पटक पढिएको

म्याग्दी, ९ असोज । नेपाली कांग्रेस अन्नपुणर् गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी भएका छन् । वडानम्वर ५ शिखका निवासी तिलिजाले ५८ मत लिएर सभापतिमा विजयी भएका ह्न ।


सभापति विजयी तिलिजाले प्रतिस्पर्धी कृष्ण बरुवाल एक मतले पराजित भएका हुन् । मतदान अधिकृत केदार कार्कीले क्याप्टेन तिलिजाले ५८ मत प्राप्त गरेका थिए भने सभापतिका प्रतिस्पर्धी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले ५७ मत प्राप्त गरेका थिए । उपसभापतिमा राजेश तिलिजा, अर्जुन गुरुङ, सचिवमा टुकबहादुर फगामी, ललिता तिलिजा, सह-सचिवमा गोपाल पुर्जा र धनबहादुर पाईजा सर्वसम्मत भएका छन् । दुई मत बदर भएको छ ।