कांग्रेसमा बेनी नगरकोे नेतृत्वको लागि अधिवेशन सुरू (तस्विरमा)

  • ९ आश्विन २०७८, शनिबार
  • धिरन खत्री
  • 871 पटक पढिएको

बेनी, ९ असोज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत बेनी नगरपालिकाको अधिवेशन जिसस सभाहलमा सुरू भएको छ । नेपाली कांग्रेस नगर कार्यसमितिको नयाँ नेतृत्वका लागि बेनी नगरपालिका अधिवेशन सुरु भएको हो ।

बेनी नगरपालिकाको नेतृत्वका लागि दुई प्यानल विच उम्मेद्वारी दर्ता भएको छ। नगर सभापति पदको लागि युवा नेता विक्रम बोगटी र रविन्द्र (रवि) कार्कीको उम्मेद्वारी दर्ता भएको मतदान अधिकृत केशवप्रसाद रेग्मीले बताए ।

सहमतिबाट नेतृत्व चयन नभए मतदानबाट टुंगो लगाउने तयारी विच निर्वाचन तथा मतदान अधिकृत तयारी गरिरहेका छन् । सहमतिमा नयाँ नेतृत्वको टुंगो लागेन भने जिसस सभाहलमा असोज १० गते विहान ८ बजेदेखि मतदान सुरु हुने मतदान अधिकृत रेग्मीले जानकारी दिए ।


नगरपालिकको अधिवेशनमा नेपाली कांग्रेसका निर्वतमान सभापति रेशम बानियाँले पाटीलाई एकताबद्ध भएर अघि बढाउन नेतृत्व गर्ने नेताहरु गम्भिर भएर लाग्नुपर्ने बताए । नगर अधिवेशनमा सहमति नभएर निर्वाचन प्रक्रियाबाट नेतृत्व चयनमा अनुशासन पुर्वक सम्पन्न गराउन क्षेत्रिय प्रतिनिधि र उम्मेद्वारलाई बानियाँले आग्रह गरेका थिए । निर्वतमान उपसभापति नेत्र महतले पालिकाको नेतृत्वका लागि सहमति सहकार्य र एकता भनेपनि गुटको राजनीतिले पाटीलाई असर गर्ने बताए । पाटीमा चर्को गुटबन्दीमा शिर्ष नेताहरु लागेको कारण क्षेत्र क को पालिकामाहरुमा चुनाव हुने अवस्थामा पुगेको बताए । उनले क्षेत्र खमा सर्वसम्मत नेतृत्व चयन गर्न सफल नेताहरुलाई धन्यवाद दिएका थिए । त्यस्तै पाटी सचिव एवम् बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले र्निविरोध नेतृत्व चयन नभएपनि स्वच्छ प्रतिस्पर्धामा रहेर नेतृत्व चयन गर्न क्षत्रिय प्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।


नगर सभापति अनोद श्रेष्ठको अध्यक्षता, उपसभापति यामबहादुर बाँनियाको स्वागत तथा सचिव हरिप्रसाद पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले सहमतिमा नेतृत्व चयन गर्न नेताहरुलाई आग्रह गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l