कांग्रेस धवलागिरी गापाको सभापतिमा प्रेमप्रसाद पुन

  • ९ आश्विन २०७८, शनिबार
  • 1025 पटक पढिएको

म्याग्दी, ९ असोज । नेपाली काग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेमप्रसाद पुन सर्वसम्मत निर्वाचित भएका छन् । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा शनिबार भएको अधिवेशनबाट पुनको नेत्तृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।


गाउँपालिका उपसभपातिमा हरि छन्त्याल, प्रेम विक, सचिवमा नगेन्द्र मल्ल, देवेन्द्र रोका, सह-सचिवमा रोशन थापा र कमल थापा सर्वसम्मत निर्वाचित भएका छन्, भने कोषाध्यक्षमा बुद्धिमान शेरपुञ्जालाई मनोनित गरिएको नेपाली कांग्रेस धवलागिरी गाउँपालिकाले जानकारी दिएको छ। पुनको नेतृत्वमा ५४ सदस्य काार्यसमिति सर्वसम्मत चयन गरिएको छ।