एकीकृत समाजवादीको महासचिवमा भुसाल, रामकुमारी झाँक्री सचिव
- ७ आश्विन २०७८, बिहीबार
- 773 पटक पढिएको
काठमाण्डाै ७ असाेज । नेकपा (एकीकृत समाजवादी) को महासचिवमा वेदुराम भुसाल चयन भएका छन्। नेकपा एसले आज पदाधिकारी टुंगो लगाएको नेता विरोध खतिवडाले बताए। उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई चयन भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, र डा. विजय पौडेल छन्।
यस्तै सचिवमा रामकुमारी झाँक्री, केशवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरीलाई चयन गरिएको छ। प्रस्तावित नामहरुलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ। पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल रहने यसअघि नै टुंगो लागिसकेको छ।