आजबाट सोह्रश्राद्ध सुरु हुँदै
- ५ आश्विन २०७८, मंगलवार
- 670 पटक पढिएको
म्याग्दी ५ असाेज । बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध हुँदै छ । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ कार्य अति पवित्र मानिन्छ ।
पशुपति क्षेत्र विकास कोषले घाटमा कोष अन्तर्गत कर्मकाण्डको प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृ कार्य गर्न अनुमति दिइएको र उनीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउ हुने स्वास्थ्य मापदण्डको पूर्ण रूपमा परिपालन गर्न गराउन निर्देशन दिएको छ । प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्वको मानिन्छ । सोह्रश्राद्धकाे अवसरमा मुस्ताङकाे कागबेनी स्थित कालीगण्डकी नदी किनारमा तर्पण गर्नेहरूकाे भिड लाग्ने गर्दछ ।