एमसीसीको विरोधमा नेकपाद्धारा बावियाचौरमा विरोध सभा

  • २३ भाद्र २०७८, बुधबार
  • 1114 पटक पढिएको

म्याग्दी २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले एमसीसी सम्झौतालाई खारेजको माग गर्दै म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरमा विरोध सभा गरेको छ । बुधवार स्थानीय करिब दुई दर्जन बढी स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा एमसीसी सम्झौता खारेजको माग गर्दै मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा विरोध सभा गरिएको हो ।


सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य एवं म्याग्दी इन्चार्ज ध्रुव घिमिरे (बिप्लब)ले एमसीसी राष्टघाती रहेकाले यो सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले एमसीसी नेपालको पक्षमा नभएको र विदेशी हस्तक्षपको बलियो आधार बनाउने रणनिती स्वरुप आएको बताउँदै यसलाई संसदबाट अनुमोदन गर्ने कार्यतर्फ सरकार अग्रसर बनेको भन्दै देशभरबाट विरोध गरिएको बताउनुभयो ।

नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाले एमसीसीको विरोधमा देशभर साताव्यापी विरोधका कार्यक्रम घोषणा गरेको छ । उक्त कोण सभालाई जिल्ला सेक्रेटरी शुसिला विश्वकर्मा ( दिपा)ले सञ्चालन गर्नुभएको थियो भने सहभागीहरुले एमसीसीको विरोधका प्लेकार्ड पदर्शन गरेका थिए ।