बाढीले लुलाङको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बगायो
- २१ भाद्र २०७८, सोमबार
- 1022 पटक पढिएको
म्याग्दी २१ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका –२ मा रहेको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गयराती अविरल बर्षासंगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघुजलविद्युतको विद्युतगृह बगाएको हो ।
बर्षासंगै नदीको तटिय क्षेत्रमा गएको पहिरो र बाढीको कारण लघुजलविद्युत परियोजना बगाउँदा करिब १ करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँका अनुसार, दुई बर्ष अघि पुननिर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत सेवा उपभोग गर्दै आएका थिए ।
मध्यरातमा अबिरल बर्षासंगै आएको बाढीले विद्युतगृहको भवन लगायतका महत्वपूर्ण सामान बगाएको छ । बाढीले परियोजनाको बाँध र नहरमा समेत ठुलो क्षति पु¥याएको छ । बाढीले तटिय क्षेत्रका जमिन र बस्तीमा समेत क्षति पु¥याएको छ । लघुजलविद्युतको विद्युतगृह बगाएपछि स्थानीय बस्तीहरु अन्धकार बनेको र स्थानीयबासीको जनजिवनमा प्रत्येक्ष प्रभाब पार्ने देखिएको स्थानीय लुलाङ आधारभुत विद्यालयका प्रधानध्यापक नागेन्द्र ठाकुरले जानकारी दिनुभयो ।
‘‘ यहाँ केन्द्रिय प्रशारणको पहुँच छैन, लघुजलविद्युत बगाएपछि मोवाईल चार्ज र साँझमा बालबालिकाहरुलाई अध्ययनमा समेत समस्या हुने भएको छ’’–प्रअ ठाकुरले भन्नुभयो । बाढीले लघुजलविद्युतमा पु¥याएको क्षतिको अबस्थाबारे अहिले स्थानीय जनप्रतिनिधि, युवा क्लब लगायतका प्रतिनिधिहरुको टोलीले निरिक्षण गर्न खटिएको गाउँपालिकाले जनाएको छ ।
२०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघु जलविद्युत परियोजना दुई बर्ष अघि एक करोड ५२ लाख रुपैयाँको लागतमा पुननिर्माण भएको थियषे । लुलाङ, खोरीया, मेरनी र लमसुङका स्थानीयबासीले यस परियोजनाबाट लाभान्वित भएका थिए । वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले ८५ लाख र धवलागिरी गाउँपालिकाले पचास लाख रुपैयाँ सहयोगमा स्थानीयबासीले जनश्रमदान समेत गरेर यस परियोजनाको क्षमता बढाएर पुननिर्माण गरेका थिए ।