मोना जापान क्षेत्रिय समिति नागोयाको अध्यक्षमा राम किसान चयन

  • २० भाद्र २०७८, आईतवार
  • 1091 पटक पढिएको

म्याग्दी २० भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान अन्तर्गत रहेको क्षेत्रिय समिती नागोयाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आसन्न मोना राष्ट्रिय समिती जापानको अधिबेशनलाई लक्षित गरी सबै क्षेत्रहरुको अधिबेशन तथा भेलाहरु गर्ने कार्यक्रम अन्तरगत नागोयामा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा रहेको मोना जापान क्षेत्रिय समिति नागोयाको भेला सम्पन्न गरिएको हो ।

अधिबेशनले राम किसानको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती चयन गरेको छ । समितीको उपाध्यक्षहरुमा रमेश बिश्वकर्मा, हेमन राना, सचिब सागर थापा, सहसचिब भरत केसी, कोषाध्यक्ष मुना पु्र्जा कार्की, सहकोषाध्यक्ष जीवन घर्ती रहनुभएको छ । त्यसैगरि सदस्यहरुमा क्रमश लोक प्रसाद गौचन, अनुपम केसी, तेजिन्द्र केसी, भिमप्रसाद बुढाथोकी, लेशन तिलिजा, दुर्गा राना, तेजिन पुन, प्रकाश हमाल, संगिता पुन, बेल प्रसाद तुलाचन, बाबुराम खाती, पुर्ण थजाली र बिमल घिमीरे चयन हुनु भएको नवनिर्वाचित सचिब थापाले जानकारी दिनुभयो ।

नवनिर्बाचित समितीको संरक्षकमा संघका निबर्तमान अध्यक्ष रुपेश चोचांगी सल्लाहकारहरुमा संघका राष्ट्रिय अध्यक्ष दिपक कार्की, टकबहादुर पुन र गम्भिर सिउँथानी रहनु भएको छ । कोरोना कहरको कारण भर्चुवल माध्यम बाट गरिेएको अधिबेशन संघका अध्यक्ष रुपेश चोचांगी पुन को अध्यक्षता, मोना राष्ट्रिय कार्यकारी समिती जापानका अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यता,सचिब टक चोचांगी पुनको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई मोना अन्तराष्ट्रिय कार्य समितीका बरिष्ठ सल्लाहकार दधिवल खड्का, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, सचिब श्याम शितल श्रेष्ठ, आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष सबिन चाम्लिगं राई, गल्कोट समाज जापानका अध्यक्ष याम खत्री लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । मोना जापान क्षेत्रिय समिति नागोयाले त्यस क्षेत्रमा रहेका म्याग्देलीहरलाई एकिकृत गरि प्रवासीका समस्या समाधानमा सहजीकरण देखि जिल्लाको सामाजिक र मानविय सेवाको क्षेत्रमा रचनात्मक सहयोग गर्दै आएको छ ।