माओवादी केन्द्र म्याग्दीको आर्थिक बिभाग संयोजकमा रिम केसी

  • २० भाद्र २०७८, आईतवार
  • 1204 पटक पढिएको

 

बेनी, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र म्याग्दीकले आर्थिक विभाग संयोजकमा रिम केसीलाइ तोेकेको छ । जिल्ला सदस्य रिम केसीको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा याम रोका र नगेन्द्र केसीलाई चयन गरिएको जिल्ला संयोजक जुग्जालीले जानकारी दिए ।
जिल्ला संयोजक रेशम जुग्जालीको अध्यक्षता, इञ्चार्ज गोबिन्द पौडेल, प्रदेश कमिटी सदस्य टेकबहादुर बिक र बिनोद केसीको उपस्थितिमा शनिबार बेनीमा बसेको जिल्ला कमिटी बैठकले बिभाग बनाएको हो ।

बैठकले २०७८ असोज ९ गतेसम्म सबै पालिकामा सदस्यता नबिकरण गरिसक्न सम्बद्ध कमिटीलाई निर्देशन दिएको छ । यसैगरी जनबर्गीय संगठन र मोर्चाहरुलाई जिल्ला, पालिका र वडा स्तरमा बैठक भेला गर्न निर्देशन दिएको छ । छ वटा पालिका कमिटी बैठकको मिति तय गरेको छ । धवलागिरी र अन्नपूणर् गाउँपालिकाको भदौ २६ गते, मालिका गाउँपालिकाको २७ गते, मंगला गाउँपालिका र बेनी नगरपालिकामा २८ गते तथा रघुगंगा गाउँपालिकामा २९ गते पालिका कमिटीको बैठक आयोजना गरेको छ । साजन परियार