माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजकमा युवा नेता जुग्जाली चयन

  • १५ भाद्र २०७८, मंगलवार
  • 976 पटक पढिएको

म्याग्दी १५ भदौ । नेकपा माओवादी केन्द्रको जिल्ला संयोजकमा युवा नेता रेशम जुग्जाली(सुविन) चयन हुनुभएको छ । माओवादी आन्दोलनका जुझारु युवा नेता जुग्जाली मालिका गाउँपालिका ७ बिमका वडा अध्यक्ष हुनुहु्न्छ । माओवादीको मंगलबार सम्पन्न गण्डकी प्रदेश कमिटिले जुग्जालीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय भएको जिल्ला इन्चार्ज गोविन्द पौडेलले बताउनुभयो ।


यसअघि पार्टीको जिल्ला संगठन कमिटीको सचिबालय सदस्य रहनुभएका जुग्जालीलाई जिल्लामै लोकप्रिय वडा अध्यक्षका रुपमा लिइने गरिन्छ । माओवादी केन्द्रको जिल्ला नेतृत्व युवाको काँधमा आएपछि संगठन विस्तारले गति लिने विश्वास गरिएको छ । जुग्जाली युवाका माझमा लोकप्रिय हुनुहुन्छ । राजनीतिक र वैचारिक रुपमा पनि जुग्जाली खारिएको युवा नेता हो ।

जुग्जाली नेतृत्वमा आएपछि माओवादी पार्टी जिल्लामा शसक्त भएर आउने विश्वास गरिएको छ । बैठकबाट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गण्डकी प्रदेश इन्चार्ज मा टेक बहादुर विश्वकर्माले जिम्मेवारी पाउनुभएको माओवादी केन्द्र म्याग्दीले जानकारी दिएको छ । यसैबिच योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) को मंगलबार सम्पन्न राष्ट्रिय भेलाबाट केन्द्रीय सदस्य युवा नेता नगेन्द्र केसी चयन हुनुभएको छ ।