विद्युत प्राधिकरणमा कुलमानको पुनर्नियुक्ति

  • २७ श्रावण २०७८, बुधबार
  • 491 पटक पढिएको

साउन २७ , काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले पुन नियुक्ति पाएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह भनेकी थिइन् । तर, शाक्यले आफू जहाँ खटाए पनि जाने तर राजीनामा भने नदिने अडान राखेका थिए । शाक्यलाई उर्जा आयोगमा सचिवसरहको पूर्णकालीन पद सिर्जना गरी त्यता पठाइएको छ । यसअघि ४ वर्ष विद्युत प्राधिकरणको बागडोर सम्हालेका कुलमानले लोडसेडिङ अन्त्य गर्दै बिजुलीको नियमिततामा उल्लेख्यक सुधार गरेका थिए ।