सडक अलपत्र पार्ने लामाको फोटोसहितकाे पोस्टर झुण्ड्याएर विरोध  

  • ५ श्रावण २०७८, मंगलवार
  • 1063 पटक पढिएको

म्याग्दी, ५ साउन । बेनी- दरवाङ सडक अन्तरगतको बेनी सिमचोकसम्मको सडक अलपत्र पार्ने निर्माण ब्यवसायीको स्थानीयले सडकमा पोस्टर झुण्ड्याएर विरोध गरेका छन् । निर्माण ब्यवसायी लामा समानान्तर जेभी कम्पनीका जीपछिरिङ लामाको फोटोसहितको पोस्टर सडकको विभिन्न ठाउँमा राखेका हुन् ।


निर्माण ब्यवसायी जीपछिरिङ लामाले कामको गति दिन नसक्दा सडक सास्तीपुणर्, सडक फराकिलो बनाउने क्रममा पर्खाल लगायतको काम नगर्दा सडक तलमाथिका बस्ती जोखिममा परेको भन्दै ठेकेदारको फोटोसहित पोस्टर बनाएर विरोध गरेका हुन् । निर्माण कम्पनीले कार्यक्षेत्रमा न्युन जनशक्ति र उपकरण प्रयोग गर्ने कारण सडक निर्माण ढिलासुस्ती भएको देखिन्छ । निर्माण ब्यवसायी छिरिङ सडकमा जनशक्ति कम डोजरमात्र प्रयोग गरे सडक फराकिलो बनाउदाँ सडक भन्दा माथिका बस्ती पहिरो जोखिम र मुनिका बस्ती पुरिने जोखिम बर्खायाममा रहेको स्थानीय बताउछन् ।


२०७४ साल साउनमा बेनी सिमचोकसम्मको १२ किलोमिटर ५८५ मिटर सडकको ठेक्का लिएको लामा समान्तर जेभि कम्पनीले २०७६ माघ १२ सम्ममा सम्पन्न गर्ने पहिलो सम्झौता सिद्धिएको थियो । पटक-पटक थप गरिएको म्यादमा पनि काम नसक्दा सडक फराकिलो बनाउदाँ पहिरोले घरसंगैको बस्ती र खेती योग्य जमिनमा क्षति पुर्‍याएको भन्दै स्थानीयले ठेकेदारको फोटो झुण्ड्याएर विरोध गरेका छन् ।
दोलखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित कांग्रेस सांसद जिपछिरिङ लामा सञ्चालक रहेको लामा लामा समानन्तरले सडक विस्तारमा जनशक्ति भन्दा डोजर प्रयोगमात्र गरेर पर्खाल नलगाउदाँ वर्षापछि पहिरोले माथिल्लो क्षेत्रका बस्तीलाई विस्थापित र खेतीयोग्य जमिनमा पहिरो लाग्ने समस्या निम्तिएको छ।

बेनी नगरपालिकासहित मंगला, मालिका र धवलागिरी गाउँपालिकाबासीसंग जोडिएको यस सडकलाई ११ मिटर चौडा बनाइ ७ मिटरमा कालोपत्रे गर्न ४५ करोड ५३ लाखमा सम्झौता भएको योजना ठेक्का लिएका सांसद लामाले ४ बर्षसम्म पनि काम आधा गर्न सकेका छैनन् । जेभीले ४ वर्षमा सडकको प्रगतिभन्दा सयौं स्थानीयवासी पीडित बनाएका छन् । पुर्वाधार कार्यालय म्याग्दीले यस सडकको भौतिक प्रगति ५० प्रतिशत रहेको जनाएको छ।