म्याग्दीका भिसी तुलबहादुर पुन : जन्मथलोमा सुनसान, बेलायतमा चर्चा, बाँदुकमा संग्रालय बनाउने याेजना

बाँदुकलाई ‘बहादुर जन्मिएको गाउँ’को रुपमा चिनाउने पहल

  • १ श्रावण २०७८, शुक्रबार
  • 1596 पटक पढिएको

कमल खत्री
बेनी, १ साउन । दोस्रो विश्वयुद्धमा अद्धितीय युद्धकला प्रदर्शन गरे बापत बेलायती सरकारबाट भिक्टोरिया क्रस (भिसी) पदक विजेता गोरखा सैनिक स्वर्गीय तुलबहादुर पुनको जन्मघर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बादुक हो । म्याग्दीको ग्रामीण गाउँमा जन्मिनुभएका पुन बेयायती सेनामा भर्ति भएर दोस्रो विश्वयुद्धमा बर्माको लडाईमा अकल्पनीय लडाई लड्नुभएको थियो ।


पुनले बेलायत अधिनस्थ भारतिय सेनाको १०११९ नम्बर सिक्स गोर्खा राईफल्स पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसंगको भीषण युद्धमा घाईते अवस्थामा पनि एक्लै बहादुरी पुर्वक लडी युद्ध जितेकोले उहाँलाई भिसी क्रस पदक प्रदान गरिएको थियो । उक्त युद्धमा पुन एक्लैले जापानि सैनिकलाई परास्त गरी २ वटा हल्का मेशिनगन सहित धेरै हतियार कब्जा गरी अद्धितिय युद्धकला प्रदर्शन गरेको भन्दै बेलायती सरकारले भिक्टोरिया क्रम पदक दिएको थियो ।


भिसी तुलबहादुरले पदक पाएको ७६ बर्ष पुगेको अवसरमा बेलायतमा असार दोस्रो साताबाट रेल सेवा सुरु भएको छ । बेलायतको एक रेल सेवाले त्यहाँको सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको सम्मान गर्दै रेल सेवा सुरु गरेको पुनका छोरा अर्जुनले बताउनुभयो । ‘‘ बुबाको योगदानको उच्च सम्मान भएको महसुस गरेका छौँ, अब हामीले बुबा जन्मिएको थलोलाई चिनाउनको लागि समेत थप काम गर्ने जमर्को गरेका छौँ’’– पुनले भन्नुभयो ।


भिसी पुनले भिक्टोरिया क्रस पाएको ७६ बर्ष पुगेको अवसरमा बेलायतको पश्चिमी क्षेत्रमा भिसि पुनको नाममा सञ्चालनमा ल्याईएको रेलवे सेवाको पुनका परिवारकै उपस्थितिमा सूचारु गरिएको थियो । बेलायतमा पुनको चर्चा भैरहँदा उहाँको जन्मथलो बाँदुक गाउँ भने सुनसान छ । विश्वभर नै चर्चित व्यक्ति जन्मिएको ठाउँ बाँदुकलाई अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेपनि अहिलेसम्म त्यसतर्फ सम्बन्धीत निकायको ध्यान पुग्न सकेको छैन् । पुनले भिसी पदक पाएको ७६ वर्ष पुगेको छ । २१ वर्ष उमेरमा नै भिसी पदक प्राप्त गर्न सफल पुनको जन्मथलोलाई ‘बहादुर’ को जन्मथलोको रुपमा अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना छ ।
                          बाँदुकलाई ‘बहादुर जन्मिएको गाउँ’को रुपमा चिनाउने पहल
विश्वयुद्धमा सहासिक युद्धकला देखाएर विश्वभर चर्च बटुल्न सफल हुनुभएका दिवंगत तुलबहादुर पुनको जन्मथलो बाँदुक गाउँलाई ‘बहादुर जन्मिएको गाउँ’को रुपमा चिनाउने र प्रचार प्रसार गर्ने तयारी गरिएको छ । रघुगंगा गाउँपालिका–१ मा अवस्थित यस गाउँमा भिसी पुनको जन्म भएको र उहाँको हुकाई बढाई भएको घर अझै सुरक्षित छ । उहाँको जन्मघरलाई नै संग्रालयको रुपमा विकास गर्ने गरि आबश्यक तयारी थालिएको पुनका बुहारी शान्ति पुनले बताउनुभयो ।


घरलाई नै संग्रालयको रुपमा विकास गर्न उहाँले प्रयोग गरेका सामानहरुलाई संरक्षण गर्ने, पुराना र स्थानीय औजार, सामान, उपज, संस्कृति र भेषभुषालाई समेत संग्रालयमा राख्ने गरि भिसीको सम्झनामा संघ्रालय बनाउने अवधारणा अघि सारिएको वडा सारिएको वडा सदस्य तिलककुमार तिलिजाले बताउनुभयो । ‘‘ उहाँको बारेमा विश्वभर चर्चा छ, बेलायतमा त उहाँको सम्मानमा धेरै कार्यहरु भएका छन्, जन्मथलोलाई अहिलेसम्म चिनाउन सकिएको छैन, अब उहाँको बहादुरीले विश्वभर बटुलेको चर्चलाई जन्मथलोतिर तान्ने हाम्रो जमर्को छ,’’– तिलिजाले भन्नुभयो । पुनको जन्मघरलाई संघ्रालय बनाउने र स्थानीय पुराना घरहरुलाई मर्मत सम्भार गरि घरवास सञ्चालन गर्नेतर्फ स्थानीय उत्सुक भएर अभियानमा जुटेका छन् ।

घरबास सञ्चालन गर्ने र आगन्तुक पाहुनालाई स्थानीय मौलिक कला संस्कृतिको मनोरञ्जन दिनका लागि स्थानीयले साँस्कृतिक समूह गठनको तयारी समेत गरेका छन् । बेलायती सैनिकबाट अवकास लिएपछि भिसी पुन जन्मथलो फर्किएर यहाँको भौतिक र सामाजिक विकासमा जुट्नुभएको थियो । त्यस समयमा पुनको अगुवाईमा गाउँमा खानेपानी, विद्यालय भवन, बाटो, खेलमैदान लगायतका विकास निर्माणका पूर्वाधारहरु निर्माण भएका थिए । यहाँ आउने पर्यटकहरुलाई पुनको अगुवाईमा बनेका विकास निर्माण पूर्वाधारहरुको संरक्षण गरि यस ठाउँका ऐतिहाँसिक विकासका पूर्वाधारहरुको अवलोकन गर्न सकिने थप आकर्षण हुनेछ ।

स्थानहरुको अवलोकन भ्रमण गराउन र भिसीका जिवन्त र बास्तविक कथाहरु सुनाउन स्थानीय पथप्रदर्शकहरुलाई उचित सिपमुलक र भाषामुलक तालिम सञ्चालन गर्ने योजना बनाइएको छ । बाँदुकको कृष्ण आधारभूत विद्यालय र तिप्ल्याङमा तत्कालिन कालिका आधारभुत विद्यालय (हाल मावि) को संस्थापक समेत रहनुभएका पुनले गाउँको विकासमा समेत ठुलो योगदान पु¥याउनुभएकोे स्थानीयबासी पुर्णबहादुर गर्वुजाले बताउनुभयो । बेलायतको उच्च शैन्य सम्मान पाएका भिसी तुलबहादुरको नाममा तिप्ल्याङदेखि बाँदुक गाउँ जोड्ने सडकलाई भिसी मार्ग भनेर नामाकरण गरिएको छ ।

बेगखोलाको बादुँक गाउँमा सन् १९२३ मार्चमा जन्मनुभएका तुलबहादुर २० वर्षको उमेरमा भर्ती हनुभएको थियो । उहाँको सन् २०११ अप्रिल २० मा ८८ वर्षको उमेरमा निधन भएको थियो। स्वर्गिय पुनको श्रीमती, बुहारी नातिनी गाउँमा बसेर बुवाले बनाएको सम्पतीको संरक्षण तथा फलफूल लगाउने काम गरिरहनुभएको छ । मगर कला सस्कृति, बेगसंग जोडिएको दोस्रो अग्लो र लामो पुल झोलुङ्गे पुल भएको यस बादुक गाउँमा स्वर्गिय पुन नाममा संग्रालय निर्माण गर्न सकेमा आन्तरिक संगै बाह्य र अध्ययनको लागि समेत पर्यटकीय गन्तव्यको रुपमा विकास गरि स्थानीयको आयआर्जनमा टेवा पु¥याउन सक्ने भएकाले त्यसतर्फ पहल थालिएको वडा अध्यक्ष बिलबहादुर फगामीले जानकारी दिनुभयो ।