बेगखोलामा कहिल्य बन्छ पुल ?
- ३० असार २०७८, बुधबार
- धिरन खत्री
- 979 पटक पढिएको
म्याग्दी, ३० असार । बेनी– जोमसोम सडक अन्तरगत रघुगंगा गाउँपालिका १ बेगखोलाको खोलामा पुल नवन्दा यात्रुले सास्ती भोग्दै आएका छन् । बर्षासंगै आउने अपत्यारीलो तिव्र गतिको बाढीले बाटो अबरुद्ध बनाएर गन्तव्यमा हिडेका पैदलयात्री र यातायात सेवालाई अलपत्र पार्दै आएको छ ।
२०७३ सालमा आएको बाढीले बेगखाोलामा बस्ती संगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा निरन्तर प्रमावित हुदै आएको छ । चारबर्ष वितिसक्दा पनि कोरला नाकासंग जोडिएको कालीगण्डकी करिडोर अन्तरगत बेगखोलामा पुल बनाउने कुनै सुरसार छैन् । मोटरेपुलमा पनि साचो नदेखाएको सरोकारवालाहरुले झोलुङ्गे पुल निर्माणसमेत गर्न सकेका छैनन् । खोलामा बहाफ बढेपछि अलपत्र पैदलयात्रीलाई डोजरमार्फत, ट्याक्टरमार्फत आवातजावत गराउदै आएका छन् ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l