ओली ४१ महिनापछि सिंहदरबारबाट बाहिरिए

  • २९ असार २०७८, मंगलवार
  • 612 पटक पढिएको

सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा मंगलबार विदाइ सम्बोधन गरे।

विदाइ सम्बोधनका लागि ओली अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए।

दुई बजेपछि सुरू भएको उनको सम्बोधनमा ओलीले सर्वोच्च अदालतको फैसलाप्रति आक्रोश पोखे। उनले आफ्नो सरकार ऐतिहासिक रूपमा सफल भएको दाबी पनि गरे।

झन्डै १ घन्टा लामो सम्बोधनका क्रममा ओलीले आफूलाई डेढ वर्षपछि सिंहदरबारमा फर्किन कसैले नरोक्ने दाबी गरे।

सम्बोधनपछि उनी सिंहदरबारबाट बाहिरिएका छन्। प्रतिनिधि सभा चुनावपछि झन्डै दुई तिहाइ बहुमतको समर्थनमा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेर सिंहदरबार प्रवेश गरेका थिए।

पछिल्लो समय उनले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत पाएका थिएनन्।

त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधि सभाको सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

सेताेपाटीबाट साभार ।