युवा क्लब संजाल गण्डकीको अध्यक्षमा म्याग्दीका पौडेल चयन

  • २८ असार २०७८, सोमबार
  • 764 पटक पढिएको

म्याग्दी २८ असार । युवा क्लब सञ्जाल गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका महेश पौडेल चयन हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयको अन्तर्गगतको राष्ट्रिय युवा परिषद् मातहतमा स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय स्तरमा युवा क्लब सञ्जाल गठन गरिएको छ ।

भर्चुल माध्ययमबाट गरिएको प्रदेश स्तरको भेलाबाट बेनी नगरपालिका–६ निवासी पौडेल अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । समितीको उपाध्यक्षमा मौसम तिमिल्सिना, सचिवमा शोनु घिमिरे, सह–सचिवमा अभिषेक बराल र कोषाध्यक्षमा समीर पोखरेल सहित ११ सदस्यीय संजालको गठन गरीएको हो ।

राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी अध्यक्ष माधव ढुङ्गेलको अध्यक्षता र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतित्यथामा सम्पन्न भएको सो कार्यक्रममा गण्डकी प्रदेश भित्रका ११ वटै जिल्लाका युवाहरूको प्रतिनिधित्व रहेको थियो ।