ढोल्ठान दरबारमा पर्यटकिय पुर्वाधार विकासमा जोड

  • २२ असार २०७८, मंगलवार
  • धिरन खत्री
  • 1590 पटक पढिएको

 

म्याग्दी, २२ असार । प्रचार-प्रसार अभावले ओझेलमा परेको बेनी नगरपालिका-९ तोरीपानीको शिरमा अवस्थित पर्यटकियस्थल ढोल्ठान दरबार पुग्नलाई सडक स्तरोन्नती, पदमार्ग र प्रतिक्षालय निर्माण गरिएको छ । २ हजार २ सय मिटर उचाईमा रहेको ढोल्ठान दरबार बाईसे चौविसे राजाहरु बसेको स्थानलाई पर्यटकियस्थलको रुपमा विकासका लागि वडाले सडक, पदमार्ग र प्रतिक्षालय लगायतको पुर्वाधार विकासमा जोड दिएको छ।


लगडाउनको समयमा गाउँमा रहेको युवाहरुलाई रोजगार दिदै वडाले तोरीपानीदेखि ढरबार नजिक पुगेको सडकको स्तरोन्नती र दुइसय मिटर पदमार्ग र प्रतिक्षालय निर्माण गरिएको स्थानीय युवा सुविन विकले बताउनुभयो । चमचा डिलदेखि ढोल्ठासम्म पदमार्ग निर्माणले ढोल्ठानबासीलाई समेत आवातजावत गर्नमा सहज भएको छ ।


आर्थिक बर्षमा बेनी नगरपालिकासहित वडाले सडक स्तरोन्नतीका लागि ९ लाख, पदमार्ग निर्माण लागि ४ लाख प्रतिक्षालय बनाउन दुई लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष बेलबहादुर चोखाले बताउनुभयो ।


सडक पदमार्ग, प्रतिक्षालय विकास गरेपछि बाईसे चौविसे राजाहरुले प्रयोग गर्ने पुरातत्व सम्पदासहितको मन्दिर, धवलागिरि, अन्नपुणर्, निलगिरीसहितको दर्जनौ हिमालको दृष्य र म्याग्दीसंगै पर्वत र बागलुङ दर्जनौ गाउँहरु अवलोकन गर्न आउने पर्यटकलाई सहज हुने देखिन्छ । बाईसे चौविसे राजाहरु जाडो समयमा बेनी गर्मि समयमा ढोल्ठान दरवार बसेको इतिहासको पुराना भग्नासेस रहेको छ । समथर भूभाग, शिरशिर हावा, रानी बसेर हेर्न डिल, एतिहासिक मन्दिरको भग्नासेस अवलोकन गर्नाले पर्यटकलाई आनन्द दिलाउछ ।

पर्यटकले ढोल्ठान दरवारको ईतिहासंगै स्थानीय अर्गानिक उत्पादनको खाजा खाना, विभिन्न जातजातिको कलासस्कृति र गाउँले जीवनशैली लगायतको अवलोकन गर्नसमेत गर्न सकिने वडासदस्य भेषबहादुर सेनले बताउनभयो । पुर्वाधार विकासंगै कोरोना प्रश्चात पर्यटकको चाप बढ्दै गएपछि यहाँ होमस्टे होटल लगायतको पुर्वाधार विकास गर्ने वडाको योजना रहेको वडाअध्यक्ष चोखालले जानकारी दिनुभयो ।

सदरमुकाम बेनीदेखि गलेश्वरमन्दिर घतान हुदै तोरीपानी वा बेनीहुदै अथुंगे तोरीपानीको यातायात सेवाबाट ढोल्ठान दरवारमा पुग्न सकिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l