अष्टे«लियामा रहेका बरंजाबासीद्धारा रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग
- ११ असार २०७८, शुक्रबार
- 1160 पटक पढिएको
म्याग्दी ११ असार । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ नम्बर वडा बरंजा घर भई अष्ट्रेलियामा रहेकाहरुले कोरोना रोकथाम र नियन्त्रणको लागि जन्मथलोमा रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । अष्ट्रेलियामा रहनुभएका पूर्ण रोकाको संयोजनमा आर्थिक संकलन गरि बरंजा स्वास्थ्य चौकीको लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
अष्ट्रेलियामा रहेका बरंजेलीहरुले पठाएको रु १ लाख ५० हजार बराबरको अक्सिजन सिलिण्डर, मास्क, स्यानटाइजर लगायतका सामाग्री हस्तान्तरण गरिएको समन्वयकर्ता लोकेश पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार, दुई थान अक्सीजन सिलिण्डर, दुई थान फोलोमिटर,, सर्जिकल मास्क ८ हजार ५ सय थान,पिपिई १० सेट, फेस शिल्ड ५० थान सहित स्यानीटाइजर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ ।
उक्त सामग्री वडा नम्बर ४ का अध्यक्ष ओमबहादुर रोका, वडा सदस्य सुकमायाँ कार्मीको उपस्थितिमा बरंजा स्वास्थ्य चौकीका अनमी यशोदा रोका र बरंजा कोरोना रोकथाम तथा नियन्त्रण समितिका संयोजक रेशम बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो ।
सहयाेगदाताकाे विवरण
१) युबराज फगामी मङ्गला ३ दिलघर $१५०/-
२) पुर्ण बहादुर रोका मङ्गला ३ आर्भाङ $१५०/-
३) श्याम कुमार थापा मङ्गला ४ दुर्दि $११०/-
४) शिव घर्ती मगर मङ्गला ३ माझगाउ $६५/-
५) सुश्मा रोका मगर मङ्गला ३ आर्भाङ $५५/-
६) तुल थापा मगर मङ्गला ४ बुकेनि $१०१/-
७) दिपक रोका मगर मङ्गला ३ दिलघर $७०/-
८) शिला रोका मगर मङ्गला ४ सोल्धारा $१०५/-
९)बिन्दु छन्त्याल मङ्गला ४ झाकृपानी $१०१/-
१०) बम बहादुर पुन मङ्गला ४ सोल्धरा $१११/-
११)लिलाराज रोका मगर मङला ३ तोरिदादा $५५/-
१२)सुकमाया रोका मगर मङ्गला ४ बिस्मोर $५५/-
१३)खेम पुर्जा मगर मङ्ला ४ महेश $१०१/-
१४)सिजन छन्त्याल मङला ३ खानिगाउ $१२०/
१५) फन बहादुर रोका मङ्ला ३ आर्भाङ $१५१/-
१६) याम बहादुर रोका मङ्गला ३ आर्भाङ $६०/-