काँग्रेस म्याग्दीद्धारा विपद राहत कोष उपसमित गठन, क्रियाशिल सदस्यको छानबिन गर्ने

  • ५ असार २०७८, शनिबार
  • 710 पटक पढिएको

म्याग्दी ५ असार । नेपाली काँग्रेस म्याग्दीले पछिल्लो समय लगातार परेको अविरल बर्षाले क्षेती गरेका घरपरिवारलाई राहत र विपदमा आईपर्ने समस्याका लागि उद्धार गर्न उपसमिति गठन गरेको छ ।शनिबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले नेपाली काँग्रेस दैबिप्रकोप उद्वार तथा राहत कोष उपसमिति गठन गरेको छ । पूर्ब उपसभापती नेत्र बहादुर महतको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।

 

सह–सचिव भरत बहादुर रकालका अनुसार पार्टीको समाजिक सन्जाललाई व्यवस्थीत तरिकाले प्रयोग गर्नका लागि सचिब क्या मिन ब कार्की, सहसचिव भरत रकाल र प्रबक्ता अजयमिलन श्रेष्ठ लाइ दिने निर्णय गरिएको छ । त्यस्तै कृयाशिल सदस्यको छानबिन तथा थपघटको लागि उपसभापति माधब प्रसाद रेग्मि सचिब काकी, सह–सचिव रकाल र प्रदेश ख सभापति कमल छन्त्याल लाइ जिम्मा दिने निर्णय गरेको रकालले बताउनुभयो ।

बैठकले  नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका नरबहादुर पुनलाई बरिस्ठ सल्लाहकारको रुपमा मनोनीत गरेको छ । जिल्लामा गत बर्षको बाढी पहिरोमा परि धेरै जनधनको क्षती भएको थियो । नेपाली काँग्रेसले गत बर्ष करिब ४५ लाखको राहत वितरण गरेको थियो । यो बर्ष समेत गत बर्ष काँग्रेसले स्थापना गरेको राहत कोष मार्फत राहत वितरण गरिने र राहत कोषमा सहयोग गर्न समेत आग्रह गरको काँग्रेसले जनाएको छ ।