सडक निर्माणमा भएको लापरबाहीले पिप्ले गलेश्वर जोखिममा
- ४ असार २०७८, शुक्रबार
- 1509 पटक पढिएको
- म्याग्दी ४ असार । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वर बजार कटान र पहिरोको जोखिममा परेको छ ।
ण गलेश्वर–पिप्ले जोड्ने सडकमा चलेको पहिरो रोकथाम र संरक्षणको काम नहुँदा बस्ती जोखिममा परेको हो । बर्षा आउँदा रातमा बस्न नै नसक्ने अवस्था सिर्जना भएको स्थानीयबासी मिम थकालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, पिप्ले गलेश्वरमा २२ परिवारको बसोबास रहेको छ । ‘‘बस्ती माथिको पाखो लस्कीएको छ, गत बर्षदेखि नै सम्बन्धीत निकायको ध्यानकर्षण गराईएको हो, एक बर्षमा गलेश्वर–पिप्ले खण्डको सडकमा सिजृत पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केहि काम हुन नसक्ुन अत्यन्तै दुखदायिपूर्ण हो’’– थकालीले भन्नुभयो ।
पिप्ले गलेश्वरका स्थानीयबासी बर्षा आउँदा वारीपट्टी रहेको बेनी नगरपालिका–९ गलेश्वरमा आश्रय लिनुपर्ने बाध्यता आएको छ । यसै बस्ती समेटिएको बेनी–जोमसोम सडक माथिबाट पहिरो खस्ने, सडक हिलाम्मे हुने समस्याले सवारी आगमन समेत प्रभावित हुँदै आएको छ । यसैबिच गलेश्वर स्थित राहुघाट नदिमा निर्माणधिन पक्की पुलको संरक्षणको लागि नदी किनारमा बनाईएको ग्याविन जालीबाट नदीले कटान सुरु गरेको छ । स्तरीय तरिकाले ग्याविन जाली सहितको संरक्षणको काम नगरेकाले कटान सुरु भएको र यसले बस्तीतर्फ थप नदि कटानको जोखिम बढाएको स्थानीयबासीको भनाई छ ।