पहीरोको उच्च जोखीममा तमीलाखर्कका बासीन्दा

  • १ असार २०७८, मंगलवार
  • 1294 पटक पढिएको

कृष्ण कार्की

पर्वत १ असार । लगातारको वर्षातका कारण पर्वतको जलजला गाउँपालीका वडा न .२ तमिलाखर्क बस्ति मुनीबाट नीरन्तररुपमा पहीरो खसीरहेको छ । रातीदेखी मुसलधारे बर्षासंगै सुरु भएको पहीरो बस्ति नजीक पुगीसकेको स्थानीय बासीन्दा राम बहादुर कार्कीले बताउनु भयो । उत्त पहीरोको कारण तमिलाखर्कका १६ घर परीवार उच्च जोखीममा परेका छन ।


बस्तिम्ुनी रहेको नेपाल विद्युतप्राधीकरण कालीगण्डकी करिडोर २२० के भि दाना खुर्कोट प्रसारण लाइनको २४ ए टावरको प्रोटेकसन का लागी फिल्ड खनेर छोडेको तर महिनौ बित्दा सम्म ठेकेदारले लापारबाहि गरि कुनै काम नगरेकोले उक्त पहिरोे सुरु भएको स्थानिय कृष्ण के.सी. ले बताउनु भएको छ ।

बिगत २ वर्ष देखि टावर निमार्ण सगसगै वस्ती संरक्षणका लागि ग्याविन जाली लगाइ टावर मुनकिो भागमा प्रोटेकसन गर्नका लागी नेपाल विद्युतप्राधीकरण कालीगण्डकी करिडोर कुस्मा र म्याग्दी शाखामा लिखित र मौखिक रुपमा बारम्बार निवेदन पेश गर्दा समेत आयोजना प्रमुख चन्दन घोष तथा उप प्रमुख लक्ष्मण फूयाल ले वस्ती संरक्षणका लागी कुनै चासो नदिएको साथै वारी बेनी, वगरफाट, गौरेटे, विमिरावोट ८ मिटर नालि सहितको सडक खण्डको तमिलाखर्क वस्ती मुनी भिरालो छागाँ बनाइ स्तरोन्नती गर्दा कुनै ग्याविन जाली आड नलगाइ दिएकोले वस्ती र वस्ती मुनी रहेको प्रसारण लाइनको टावर समेत उच्च जोखिममा रहेको छ। वस्ती संरक्षण्का लागी सडक डिभिजन कार्यालय बाग्लुङ्ग का डिभिजन प्रमुख रामेश्वर लमसाललाई ध्यानाकर्षण पत्र बुझाएको स्थानिय पहिरो प्रभावित संयोजक कृष्ण के.सी. ले बताउनु भयो ।