वर्षायामको तीन महिना सडक खन्न नपाइने ब्यवस्था : खने कारबाही

  • ३१ जेष्ठ २०७८, सोमबार
  • 1270 पटक पढिएको

म्याग्दी, ३१ जेठ । सरकारले वर्षायामको तीन महिना सडक खन्न नपाइने व्यवस्था गरेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदिका लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जान भएकाले असार १ देखि भाद्र मसान्तसम्म सडक खन्न नदिने जनाएको छ ।


कार्यालयले एक सुचना जारी गर्दै सडक डिभिजन मातहत रहेका कुनैपनि सडक खन्न स्वीकृति नदिने र कसैले जबरजस्ती सडक खनेमा कारबाही गरिने बताएको छ । आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने नाममा जथाभावी सडक खनेर काम देखाउने र बजेट खर्च गर्ने परम्परालाई यस्तो नीतिले कम गर्ने देखिएको छ ।