विहिबार २२ जनामा कोरोना संक्रमण पुष्टि

  • २७ जेष्ठ २०७८, बिहीबार
  • 1007 पटक पढिएको

बेनी, २७ जेठ । म्याग्दीमा विहिबार २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पिसिआर विधिबाट ४ जना र एन्टीजेन विधिबाट १८ जना गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर विधिबाट बेनी नगरपालिकामा ३ जना र धौलागिरी गाउँपालिकामा १ जना संक्रमित पुष्टि भएको छ। त्यस्तै एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट बेनी नगरपालिकामा ३ जना र गाउँपालिका अन्तरगत धौलागिरीमा २ जना, रघुगंगामा ३ जना, अन्नपुणर्मा २ जना, मालिकामा २ जना, मंगलामा ५ जना र जलजलामा १ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार १६७ जना पुगेको छ । पिसिआरबाट १ हजार ५६५ जना र एन्टिजेनबाट ६०२ जना पत्ता लागेको छ ।

जिल्ला संक्रिय संक्रमित २०८ जना छन् । विहिबार १५ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालय अनुसार १७ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ।