स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकीको संयोजकमा म्याग्दीका सुवेदी चयन
- २४ जेष्ठ २०७८, सोमबार
- 1271 पटक पढिएको
पोखरा, २४ जेठ । स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश समन्वय समितिको संयोजकमा म्याग्दीका कृष्ण सुवेदी चयन हुनुभएको छ । स्थानीय तह कर्मचारी हकहीत मञ्च केन्द्रीय समन्वय समितिको संयोजनमा शनिबार सम्पन्न भर्चुअल बैठकले कृष्ण सुवेदीको संयोजकत्वमा १५ सदस्यीय गण्डकी प्रदेशमा समिति गठन गरिएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचाीहरुको भर्चुअल बैठकमा सहभागीता रहेको थियो ।
म्याग्दी निवासी संयोजक सुवेदी हाल पोखरा महानगरपालिकामा कानून अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ । समितिको सदस्यसचिवमा अजय सुवेदी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा शिव श्रेष्ठ, दीपकराज त्रिपाठी, सुर्जन तिवारी, चित्रबहादुर पौडेल, विनोद सुवेदी, गीता पाठक, उत्तम पौडेल र पिताम्वर सुवेदीलाई चयन गरेको छ ।
समितिमा म्याग्दी, पर्वत, तनहुँ र मुस्ताङबाट मनोनित गर्न बाँकी रहेको र पछि मनोनित गरिने संयोजक सुवेदीले जानकारी दिनुभयो । समितिले स्थानीय तहका कर्मचारीहरुको साझा संस्थाका रुपमा रहेर उनीहरुको सेवा सुविधा, बृत्ति विकास, कार्य क्षेत्रमा खटिदा आइपर्ने समस्या समाधान लगायतका विषयमा पैरवी गर्ने जनाइएको छ ।