चरनका चौपाया (फोटो कथा)

  • २४ जेष्ठ २०७८, सोमबार
  • कमल खत्री
  • 1467 पटक पढिएको

म्याग्दी २४ जेठ । पाखामा भर्खर घाँसका मुनाहरु हरियाली बनेर हुर्कदै छन् । हिउँदयाम सकिएर बर्खा लाग्दै गर्दा उजाडबाट हरियालीमा रुपान्तरण हुँदै गरेका पाखाहरुमा पशु चौपाया मस्त चरनमा व्यस्त छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको पर्यटकीय स्थलको रुपमा परिचित रुईसे क्षेत्रका पाखाहरुमा यतिबेला पशु चौपायाहरु हरियाली पाखाहरुमा चरिरहेका छन् । यहाँ गाई, गोरु, भैसी संगै भेडाहरु समेत चरनका लागी लैजाने गरिन्छ ।

शब्द / तस्बिर कमल खत्री ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l