विपद् सामना गर्न पूर्वतयारी गरिरहेका छौं

  • २४ जेष्ठ २०७८, सोमबार
  • 931 पटक पढिएको

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपदको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपत बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल सुरु गरेर तयारी थालेको बताए । कोभिड संक्रमणको जोखिम सहरबाट गाउँगाउँ पुगेको अवस्थामा विपदको उद्दारमा खट्ने जनशक्तिलाई संक्रमण हुनबाट कसरी बचाउने भन्न चुनौती रहेको प्रमुख पोखरेलले बताए । विपदमा उद्धार ब्यवस्थापन गर्न पहिलो पक्ष स्थानीय सरकार भएकाले र अहिले स्थानीय सरकारले विपदपूर्वको काम गरिरहेको पनि प्रमुख पोखरेलले बताए । सरकारले विपदको समयमा खट्ने वर्गको पहिचान गरी खोप लगाउन सके काममा सहज हुने बताए ।

उनले भने, “मुख्यगरी संघीय सरकारका सबै मन्त्रालयले के–के तयारी गर्नुपर्ने हुन्छ, जस्तो उदाहरणका लागि सिँचाइ मन्त्रालयले यसको लागि तार जालीहरु हुनसक्ला, तारबार हुनसक्ला त्यस्ताखालका चिजको स्टक अझै राखिराख्ने । मुख्य बाढी आउने ठाउँहरु कहाँ कहाँ हुनसक्छन् त्यो जिल्लाहरुमा त्यहाँका कार्यालयहरुमा अहिले नै यसलाई परिचालन गरेर राखिराख्ने । गृह मन्त्रालयले लजिस्टिक क्लस्टरका लागि चाहिने सामग्री, उपकरण । प्रदेशमा हाम्रा गोदाम घरहरू छन् । गोदामघरमा टेन्टदेखि लिएर सबै उपकरण त्यहाँ लगेर स्टक गरिराख्ने । बन्दोबस्त गरिराख्ने । कुनै ठाउँमा रबरका ढुंगाहरु कम हुन सक्छन् ।

त्यसको परिचालन गर्ने काम हुन्छ । त्यो सँगसँगै हामीले यो वर्ष पहिरोको लागि प्रभावमा आधारित पूर्वसूचना प्रणाली सुरुवात गर्दैछौँ हामीले नौ वटा नेपालका पहिरोका उच्चजोखिम भएका जिल्लामा बाढीको पूर्वानुमान, त्यसैको अनुमानको सिकाइका आधारमा प्रभावलाई स्थानीय समुदायमा, जिल्लामा त्यहाँका मिडियाहरुमा रेडियो, एफएमबाट कसरी यसलाई प्रसारण गर्न सकिन्छ भनेर स्थानीय पालिका, जिल्ला, प्रदेश सरकारसँग मिलेर हामीले पहिरोको सूचना प्रणालीमा पनि हामीले काम गर्दैछौँ । यो सबै काम गर्न हामीले सुरक्षा निकाय मुख्यगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेतको संयुक्त कार्ययोजना बनाएर , सबैको आआफ्नो कार्ययोजना बनाएर त्यसलाई समष्टि गरेर त्यसको आधारमा हामीले कार्ययोजना बनाई लागू गर्ने हिसाबले हामी जान्छौँ । विपदमा उद्दारमा खट्ने फ्रन्टलाइनर्सहरुलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन गर्नेबारे सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको पनि उनले जानकारी दिए ।

स्वास्थ्य समस्याको सामना गर्न तयार छौं
स्वास्थ्य मन्त्रालयले मनसुनको बेलामा आउने स्वास्थ्य समस्याको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ ।
विपत्तिको बेलमा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।

वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने भन्दै उनले ति समस्या समाधानका निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको बताए । विपदबाट तुरुन्त उद्दार गर्नका लागि प्रत्येक स्थानीय तहमा ¥यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उनले जानकारी दिए । उनले भने,“प्रत्येक स्थानीय तहमा ¥यापिड रेन्सपोन्स टिम कसरी गठन गर्ने भनेर स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयहरूलाई तालिम दिएर जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

मनसुनसँगै झाडापखाला, ज्वरो, मलेरियाका बिरामी बढी देखिन्छन् । उपचारात्मक सेवा र प्रवद्र्धनात्मक सेवा सँगसँगै जानुपर्ने हुन्छ । स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति (¥यापिड रेन्पोन्स टीम), उहाँहरुले त्यहाँबाट रेस्पोन्स गर्नुहुन्छ ।” प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको बताए ।

काराेवार अनलाइनबाट साभार ।