३ हजार ४७९ थपिए संक्रमित, निको भए ६ हजार ३३६

  • २३ जेष्ठ २०७८, आईतवार
  • 667 पटक पढिएको

काठमाडौं २३ जेठ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार देशैभरका प्रयोगशालामा १० हजार ४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हवार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।