अभिभावकविहिन अभिषेक परियारलाई सहयोगको खाँचो

  • २२ जेष्ठ २०७८, शनिबार
  • 1283 पटक पढिएको

म्याग्दी, २२ जेठ । अभिभावक विहिन रघुगंगा गाउँपालिका–२ राखुभगवती स्थित ठाटीथरका अभिषेक परियारलाई गास र बासको समस्या भएको छ । १५ बर्षका अभिषेक परियारको बाआमा सम्पर्कविहिन र बस्ने घर भत्केको कारण सानै उमेरमा अभिभावकविहिनले गासबासको समस्यामा परेका छन् ।

आफन्तको राम्रो भरथेक नहुँदा अभिषेकलाई ठुलोबाबाको घरमा चरण लिएर पकाएर खाने गरेको बताए । लगडाउनको समयमा काम नपाउदाँ खाद्यान्न अभावले भोकै रहेको जानकारी मैदानमा ब्यवसाय गर्दै आएका अमित केसीलाई बताएका थिए ।

आर्थिक अभाव हुदाँहुदैपनि उनले मुक्तिधाम उच्च माबि कक्षा ८मा अध्ययनरत गर्दै आएका छन् । शुक्रबार र शनिबारको ज्याला मजदुरी गरेर खानाको लागि जोह गर्ने गरेको बताए ।

भत्केको बासलाई मर्मत, खाद्यान्न र पढ्नको लागि आर्थिक सहयोगका लागि सबै राखुबासी स्वदेश तथा विदेशमा रहेका उन्ले आग्रह गरेका छन् ।

उन्को पीडा र समस्यालाई केसीले सामाजिक सञ्जालमा प्रकाशित गरेपछि रोजगारको शिलशिलामा कोरियामा रहेका साझपानीका सपन भण्डारी र अष्टे«लियामा रहेका रुईसेटोलका युवा गकुल भण्डारीले ५ हजारको दरले अभिषेकलाई सहयोग गरेका छन् ।

प्राप्त सहयोगबाट ५ हजारको खाद्यान्न र ५ हजार नगद परियारलाई हस्तान्रतण गरेको केसीले जानकारी दिए । हस्तान्रतणमा केसीसंगै भगवतीका लक्ष्मण मल्ल र सामाजिक कार्यमा सक्रिय मञ्जु भण्डारीलको उपस्थितमा उपलब्ध गराईएको थियो । परियारले सहयोग गर्ने र जुटाउन पहल गर्नेलाई धन्यवाद दिएका छन् ।