मालिका गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

  • २२ जेष्ठ २०७८, शनिबार
  • 848 पटक पढिएको

म्याग्दी, २२ जेठ। म्याग्दीको मालिका गाउँपालिकालाइ काठमाडौं स्थित माउण्ट हर्ट नेपालले १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको हो । विश्वभर महमारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारका लागि सामाग्री गाउँपालिकालाई उपलब्ध गराएका हुन् ।


स्वास्थ्य सामग्री संस्थाका अध्यक्ष डा.अवन गौतमले गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई हस्तान्तरण गरेका हुन् । संस्थाले कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लािग गाउँपालिकालाई सात थान अक्सिजन कन्सनटेटर, सात थान भोल्टेज रगुलेटर लगायत १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।
कोरोना कहरमा संक्रमित बिरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले गाउँपालिका अध्यक्षको आग्रह अनुसार सो स्वास्थ्य सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष डा.गौतमले बताए ।


गाउँपालिका अध्यक्ष रोकाले संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेर संस्थाले ठुलो योगदान पु¥याएको बताउदै सहयोगप्रति संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । गाउँपालिकाले कोरोना रोकथाम ,नियन्त्रण तथा बिरामीको उपचारका लागि आइसोलेसन र अस्थायी कोरोना अस्पताल संचालन ,समुदाय स्तरमा थप कोरोना फैलिन नदिन स्वाब संकलन गरि परिक्षणको दायरा बढाएको गाउँपालिका अध्यक्ष रोका मगरको भनाई थियो ।