माओवादीबाट महरा उपप्रधान, जनार्दन गृह

  • २४ जेष्ठ २०७४, बुधबार
  • 1777 पटक पढिएको

काठमाडौं, २४ जेठ। कृष्णबहादुर महराको नेतृत्वमा माओवादी केन्द्र शेरबहादुर देउवा सरकारमा सहभागी हुने भएको छ । माओवादी केन्द्रीय कार्यालय बैठकले महरालाई उपप्रधान र परराष्ट्र, जनार्दन शर्मालाई गृह र प्रभू साहलाई बिना विभागीय मन्त्रीमा पठाउने निर्णय गरेको  छ ।

कांग्रेसले मन्त्री बन्नेमा गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीको नाम टुंगो लगाएको छ । माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा पार्टीका नेतृत्व महराले गर्ने निर्णय गरेको हो । उनी प्रचण्ड सरकारमा उप्रपधान तथा अर्थमन्त्री थिए । यस्तै गृहमा जर्नादनलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा उर्जामन्त्री थिए ।