शिक्षक, स्थानीय तह र राजनीतिक दलहरुलाई अखिल (क्रान्तिकारी)को यस्तो अपील
- १४ जेष्ठ २०७८, शुक्रबार
- 2443 पटक पढिएको
म्याग्दी १४ जेठ । कोरोना महामारीको समयमा विद्यार्थीहरु सिकाईबाट वन्चित भएको अवस्थामा बैकल्पिक माध्ययम मार्फत सिकाई सहजिकरण कार्यलाई प्रभाबकारी बनाउन आग्रह गरिएको छ । अखिल (क्रान्तिकारी) म्याग्दीले एक अपील जारी गर्दै शिक्षकहरु, स्थानीय तह र राजनीतिक दलहरुलाई महामारीको समयमा बालबालिकाहरुमा मनोबैज्ञानिक असर र प्रभाबहरु देखिन थालेको भन्दै बैकल्पिक सिकाईलाई प्रभाबकारी बनाउनतर्फ लाग्न आग्रह गरेको हो ।
जटिल परिस्थितिमा शैक्षिक क्षेत्रलाई चलायमान वनाउने प्रयत्न स्थानीय तहहरुबाट नभएकोप्रति ध्यानकर्षण गराउँदै माध्यमिक तह सम्मको सबै शैक्षिक अधिकार स्थानीय तहसंग भएकाले विद्यार्थी र शिक्षकका समस्याहरुलाई सम्बोधन गर्नुपर्ने, बैकल्पिक सिकाईलाई अगाडी बढाउने सबालमा जनप्रतिनिधिहरु र स्थानीय प्रशासन पूर्णतया गैरजिम्मेवार बन्न नमिल्ले अपीलमा उल्लेख छ । संगठनका जिल्ला संयोजक रेशम केसीद्धारा जारी अपीलमा शैक्षिक क्षेत्रप्रति राज्य बेखबर बनेको उल्लेख गर्दै कोरोना संकट न्यूनिकरणको नाममा शिक्षकहरु खुलमखुला रुपमा पार्टीको ब्यानरमा नाम राखेर प्रचार प्रसारमा व्यस्त भएकोप्रति विरोध जनाइएको छ । शिक्षकहरु बालबालिकाको भविश्यप्रति चिन्तित बन्नुपर्नेमा राजनीतिक पार्टीहरुको प्रचार प्रसारमा लाग्नु पेशागत मर्यादा र आचरणबाहिर रहेकाले त्यस्ता गतिविधिमा संलग्नलाई कारबाहिको माग गर्दै राजनीतिक दलहरुलाई समेत शिक्षकहरुलाई पार्टीको झोला र झण्डा बोकाउने काम नगर्न अनुरोध गरिएको छ ।