लाली गुराँसले रंगिएका, लकडाउनले एक्लिएका जंगल (फाेटाे कथा)

  • १२ जेष्ठ २०७८, बुधबार
  • कमल खत्री
  • 2294 पटक पढिएको

म्याग्दी १२ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको जंगलमा रंगिएको लाली गुराँस । बेनी–मौवाफाँट–दग्नाम–दर्मिजा हुँदे चिमखोला जाने सडक छेउका जंगलमा लाली गुराँसका बोट रंङ्गिविरङ्गी फूलहरुले रङ्गिएका छन् । राताम्मे लाली गुराँसका बोट र पृष्ठभुमिमा देखिने धौलागिरि हिमालको दृष्य निकै मनमोहक देखिन्छ ।  विगतका बर्षहरुमा लाली गुराँस संग मितेरी गास्न आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेपनि यस पटक भने कोरोना महामारी नियन्त्रणको लागि लकडाउन लगाएको कारण बन जंगलका गुरासका फुलहरु पनि एक्लिएका छन् । फुलसंग प्रकृति बाहेकको सामिप्यता छैन् । शब्द/तस्बिर : कमल खत्री

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l