म्याग्दीमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि

  • १२ जेष्ठ २०७८, बुधबार
  • 1135 पटक पढिएको

म्याग्दी १२ जेठ । म्याग्दीमा बुधवार थप १५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा बेनि नगरपालिकामा ९४ जना , मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा ४ जना , मंगला गाँउपालिकामा ४ जना, धौलागिरी गाँउपालिकामा ३ जना , रघुगंगा गाँउपालिकामा ७ जना र जलजला गाउँपालिकाका ८ जना गरी १२१ जना (पिसिआर बिधिबाट) पुष्टि भएको हो ।

त्यसैगरि बेनी नगरपालिकाका ५जना, रघुगंगा गाउँपालिकाका २७ जना, मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाउँपालिकाका ३ जना गरी ३६ जना(एन्टीजेन विधिबाट) गरी जम्मा १५७जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ । जस्मा पिसिआरबाट १ हजार ३८६जना र एन्टिजेनबाट ३८६ जना रहनुभएको छ । जिल्लामा ५५० जना सक्रिय संक्रमित हुनुहुन्छ । अहिले सम्ममा अब १६४ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ ।