म्याग्दीमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको सख्ंया १६ सय नाघ्यो

  • ११ जेष्ठ २०७८, मंगलवार
  • 937 पटक पढिएको

म्याग्दी ११ जेठ । म्याग्दीमा थप ६२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलवार पुष्टि भएकामा बेनि नगरपालिकामा ३३ जना , मालिका गाँउपालिकामा १ , अन्नपुर्ण गाँउपालिकामा १२ , मंगला गाँउपालिकामा २ , रघुगंगा गाँउपालिकामा २ जना र जलजला गाउँपालिकाका ६ जना गरी ५६ जना (पिसिआर बिधिबाट) पुष्टि भएको हो ।

त्यसैगरि बेनी नगरपालिकाका ३जना, रघुगंगा गाउँपालिकाका २ जना र जलजला गाउँपालिकाका १ जना गरी ६ जना (एन्टीजेन विधिबाट) गरी जम्मा ६२ जनामा संक्रमण पुष्टि भएको हो स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १ हजार ६१५ जना पुगेको छ । जस्मा पिसिआरबाट १ हजार २६५ जना र एन्टिजेनबाट ३५० जनामा पुष्टि भएको हो । मंगलवार ४८जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ । जिल्लामा ५३२ जना सक्रिय संक्रमित हुनुहुन्छ । अहिले सम्ममा अब २२५ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ ।